८ मंसिर, २०८१ शनिबार
05:50:05 AM
२९ जेठ, २०७९
प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री
काठमाण्डौं । हिमालयन बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको बन्ड बिक्री गर्ने भएको छ । त्यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई संघ–संस्थालाई बिक्री गरिनेछ ।
बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०.५ प्रतिशत ब्याजदर दिने जनाएको छ । यसमा नबिल इन्भेष्टेमेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।