२५ बैशाख, २०८१ मंगलबार

03:49:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ व्यवसायलाई जरिवाना र कारवाही

२१ पुस, २०७८

६ व्यवसायलाई जरिवाना र कारवाही


पुस २१, काठमाण्डौं
आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार व्यवसायको अनुगमनमा ६ व्यवसायीलाई जरिवाना र कारवाही गरेको छ । अनुगमन गरिएका मध्ये ३ वटा व्यवसायलाई निर्देशन ३ वटा व्यवसायलाई जरिवाना गरिएको हो ।


ताजामुल कपडा पसल बालाजुमा रेडिमेड तथा थान कपडामा ५ हजार, न्यु अप्सरा स्टोर बालाजुमा रेडिमेड तथा थान कपडामा १० हजार, शहजाद कपडा पसल बालाजुमा १० हजार जरिवाना गरेको छ । कुल जरिवाना रकम २५ हजार गरिएको अधिकृत अजय कुमार देवकोटाले बताउनु भयो । 


स्वास्तिक नेपाल टेडिङ्ग प्रालीलाई विविध विषयमा शिलबन्दी गरि ३ दिन भित्र फर्म कम्पनीसँग सम्बन्धित सबै कागजपत्र लिई विभाग उपस्थित हुने तथा खाना आयोग्य सामानहरु लामो समय सम्म स्टोर राखेकोमा थप कागजात माग गरिएको हो ।  


वशिष्ट इन्टरप्राइजेज प्रालीलाई स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्ने तथा खरिद विक्री गर्ने निर्देशन दिएको हो । गोर्खाली होम डेकोर बालाजु अन्य व्यवसायलाई  विक्री योग्य वस्तुहरुमा मूल्य टयाग थप व्यवस्थित गर्ने, व्यवसायसँग  सम्बन्धित सम्पुर्ण कागजातहरु चुस्तदुरुस्त राख्ने निर्देशन दिएको छ ।