१५ बैशाख, २०८१ शनिबार

04:14:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं–मन्त्री अथक

२१ पुस, २०७८

रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं–मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताउनुभएको छ । राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताउनुभएको हो । 

अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने बताउँदै मन्त्री अथकले भन्नुभयो, ‘रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।’
राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन÷इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा सहभागी मन्त्री अथकले देशभित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्तो सुकै काम गर्न तयार हुने युवा पुस्ता स्वदेशमा  भने श्रम गर्न लजाउने गरेको बताउनुभयो ।
नेपाल सरकारद्धारा संचालित युवा लक्षित कार्यक्रमको सदुपयोग गर्दै स्वदेशमै आत्मनिर्भर हुन मन्त्री अथकले युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा लगाएत सातै प्रदेशका युवाहरुको सहभागी रहेको थियो ।