७ बैशाख, २०८१ शुक्रबार

02:45:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असार २ गतेबाट नेपाल चेम्बर एक्स्पो २०२२ आयोजना हुने

Nepal Business

१ असार, २०७९

नेपाल अब आर्थिक तर्फको परिप्रेक्षमा राष्ट्रको सर्वाणि विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको छ ।

असार २ गतेबाट नेपाल चेम्बर एक्स्पो २०२२ आयोजना हुने
काठमाण्डौं । भोली असार २ गतेदेखि नेपाल चेम्बर एक्स्पो २०२२ आयोजना हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले असार २ गतेदेखि काठमाण्डौंको भृकुटी मण्डपमा नेपाल चेम्बर एक्स्पो २०२२ हुने बताउनु भएको छ ।   
 
विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक तर्फको परिप्रेक्षमा राष्ट्रको सर्वाणि विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको छ ।
 
देशको समग्र विकास, निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिइ चेम्बरद्वारा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को आयोजना गरिने भएको छ ।  
 
अध्यक्ष मल्लका अनुसार निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित कियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो ।
 
पछिल्ला चार संस्करणहरूको सफलता पूर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमले मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तर्किया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिइएको छ ।
 
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरुलाई नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ
।  
 
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ ।
 
निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको छ ।  
 
यस बर्ष बंगलादेश पार्टनर कन्ट्री रहेको छ । यस मेला आयोजनामा नेपाल स्थित बंगलादेश राजदुताबासको पनि सक्रिय सहभागीता रहेको छ ।   
 
एक्स्पोमा कृषि तथा जडिबुटी जन्य वस्तुहरु Electrical & Electronics, Flooring & Furnishing, Home Appliances, Fashion wear & Accessories, Garments & textile, Mobile & Gadgets, FMCG, Hydro, logistics, Handicrafts & handlooms, shoes and leather items, cosmetics, food and dairy products   सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।  
 
यस मेलाका १५० वटा स्टलहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्पोमा रहने छन् ।