१ जेठ, २०८१ मंगलबार

11:08:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमण मुक्त

Nepal Business

२८ जेठ, २०७९

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको मन्त्रालयले जनाएको छ ।

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा संक्रमण मुक्त हुनेको संख्या ११ रहेको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार १७३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १९३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ र ९८० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १९२ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १०७ रहेको मन्त्रालयले जनाएको छ ।