२० बैशाख, २०८१ बिहिबार

04:47:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप

२१ पुस, २०७८

१ लाख ३५ हजारलाई  कोरोना विरुद्धको  खोप


पुस २१, तनहुँ
तनहुँमा हालसम्म १ लाख ३५ हजार ८ सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाइएका छन् । । १ लाख ९५ हजार २ सय ९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।दश पालिकामध्ये सातवटा पालिका कोरोनामुक्त भएको कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।  भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन् । व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एक÷एकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । जिल्लामा हालसम्म १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

रासस