१ जेठ, २०८१ मंगलबार

12:18:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १० जना संक्रमण मुक्त

Nepal Business

२७ जेठ, २०७९

हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 थप १७ जनामा कोरोना संक्रमण पुष्टि, १० जना संक्रमण मुक्त
काठमाण्डौं । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा १० जना संक्रमण मुक्त भएर घर फर्केका छन् । 
 
देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
 
कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 
त्यसैगरी थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।