१७ बैशाख, २०८१ सोमबार

08:49:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रूस–युक्रेन युद्धले विश्वमा खाद्य संकट बढ्योः राष्ट्रसंघ

Nepal Business

२७ जेठ, २०७९

आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ ।

रूस–युक्रेन युद्धले विश्वमा खाद्य संकट बढ्योः  राष्ट्रसंघ

एजेन्सी । पछिल्लो समय रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका १ अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

 युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका १ अर्ब ६० करोड मानिसले खाद्य संकट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

युद्ध लम्बिरहँदा यसले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जासंकट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

राष्ट्रसंघीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ ।

आगामी वर्ष खाद्यान्न संकट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ ।

यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा संकटले अर्बौ नराम्ररी प्रभावित हुनेछन्, प्रतिवेदनमा भनिएको छ ।