२ जेठ, २०८१ बुधबार

04:15:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमण मुक्त

Nepal Business

२५ जेठ, २०७९

हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् ।

थप १६ जनामा कोरोना संक्रमण पुष्टि,  ८ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा संक्रमण मुक्त हुनेको संख्या ८ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् । यो अवधिमा कसैको पनि मृत्यु भएको छैन । 

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५ पुगेको छ । नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।