१७ बैशाख, २०८१ सोमबार

02:36:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इलोन मस्कद्धारा ट्विटरलाई चेतावनी

Nepal Business

२५ जेठ, २०७९

कम्पनीका प्रयोगकर्ताबारे उहाँ निकै उत्सुक रहँदै आउनु भएको छ ।

इलोन मस्कद्धारा ट्विटरलाई चेतावनी
एजेन्सी । अर्बपति इलोन मस्कले ट्विटर सम्झौता पास हुननसक्ने चेतावनी दिनु भएको छ । केही समय अगाडि ४४ अर्ब डलरमा किन्न तयार भएका उहाँ पछिल्लो समय ट्विटरले आफ्नाबारे कुनै मागेको जानकारी दिन नमानेको भन्दै यस्तो चेतावनी दिन बाध्य हुनु भएको हो ।
 
कम्पनीका प्रयोगकर्ताबारे उहाँ निकै उत्सुक रहँदै आउनु भएको छ । धेरै झूटा प्रयोगकर्ता रहेको र यसबारे आफूले थाहा पाउनुपर्ने उहाँको अडान रहँदै आएको छ ।
 
नियामक निकायमा पेस गरेको कागजातमा मस्कले  झूटा एकाउन्टबारे आफैँले तथ्यांक अनुमान लगाउने उल्लेख छ ।
 
यो पत्रले ट्विटर र मस्कबीचको झगडालाई प्रतिविम्बित गर्छ । यसअघि नै मस्कले खरिदबिक्री सम्झौता जहाँ जस्तो छ सोही अवस्थामा रहेको बताउँदै आउनु भएको छ।
 
तर ट्विटरले मस्कले उठाएको सवालबारे आफ्नै अडानको रक्षा गरेको छ । तर मस्कको विश्वासमा स्पाम र फेक खाता ट्विटरले भनेको पाँच प्रतिशतभन्दा धेरै रहेको छ ।