२२ बैशाख, २०८१ शनिबार

08:31:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानी बोर्डमा इन्भेष्टर्स लाउञ्ज सञ्चालन

Nepal Business

२० पुस, २०७८

लगानी पक्षका जानकारीहरु अद्यावधिक हुने

लगानी बोर्डमा इन्भेष्टर्स लाउञ्ज सञ्चालन



पुस २०, काठमाण्डौं
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार लगानी बोर्डको कार्यालयमा इन्भेष्टर्स लाउञ्ज (लगानीकर्ता कक्ष)को उद्घाटन गर्नुभएको छ ।

लगानीकर्ता कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्रहरु, परियोजना बैंकमा समावेश भएका परियोजनाहरु बारेको विवरण साथै लगानीकर्ताका लागि आवश्यक अनलाइन सेवाहरु उपलव्ध हुनेछन् ।

मन्त्री शर्माले नेपालमा लगानीको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउँदै कानूनले भ्याएसम्मका सुविधाहरु दिन सरकार तयार भएकाले निर्धक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ । उहाँले नेपालमा लगानीका धेरै सम्भावना रहेको उल्लेख गर्दै विकासकर्ताले जति सक्दो चाँडो परियोजना सम्पन्न गर्न समेत आग्रह गर्नु भयो ।


परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे सरकारलाई लगानीकर्ताले समयमै जानकारी गराउनुपर्ने भन्दै मन्त्री शर्माले लगानीकर्ता कक्षले लगानीकर्ताका लागि आवश्यक सबै सूचनाहरु उपलब्ध गराएर नेपालमा लगानीका हरेक पक्षबारे अद्यावधिक जानकारी गराउने र लगानीकर्ता कक्षको क्षमता विस्तार गर्दै लैजाने बताउनु भयो।
 लगानीकर्तालाई नेपालमा लगानीका अवसरबारे जानकारी दिने तथा सहजीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले लगानीकर्ता कक्ष स्थापना भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताउँदै यसलाई चाँडै नै एकल विन्दु सेवासँग आवद्ध गरिने जानकारी गराउनु भयो।
उहाँले लगानीकर्ताको सेवालाई केन्द्रित गरी लगानी बोर्डले अगाडि बढाएका गतिविधिमध्ये लगानीकर्ता कक्षको स्थापना पनि रहेको उल्लेख गर्दै यसको शुभारम्भ लगानी बोर्डको १०औं वार्षिकोत्सव कार्यक्रमको एक हिस्साको रूपमा समेत रहेको बताउनु भयो ।
लगानी बोर्ड र विकासकर्ताबीच गरिने अन्तरक्रियालाई आउँदा दिनमा निरन्तरता दिइने बताउँदै परियोजना कार्यान्वयनको अवस्था र लगानी बोर्डले गरिदिनु पर्ने सहजीकरणका विषयमा जानकारी गराउनु भएको थियो ।