१ जेठ, २०८१ मंगलबार

09:46:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमण मुक्त

Nepal Business

२३ जेठ, २०७९

हाल १ सय ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घन्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिकमा ८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।   

देशभर गरिएको १ हजार ९ सय ९० पीसीआर र १ हजार २ सय ५८ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।  जसमध्ये पीसीआरबाट  ७ जना  र एन्टिजेनबाट १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ४५ जना निको भएका छन् । कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु भएको छैन । 

हाल १ सय ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।