१३ बैशाख, २०८१ बिहिबार

05:51:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतियुनिट रगतको मूल्य १६४० रुपैयाँ, स्वयंसेवी रक्तदाताले दान गरेको रगत निशुल्क पाउनु पर्ने माग

Nepal Business

२२ जेठ, २०७९

यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

प्रतियुनिट रगतको मूल्य १६४० रुपैयाँ,   स्वयंसेवी रक्तदाताले दान गरेको रगत निशुल्क पाउनु पर्ने माग

काठमाण्डौं । गत चैत्रदेखि मूल्य बढाउने निर्णय गरेसँगै सरकारले हाल रगतको मूल्य बढाएको छ ।

देशभरका रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिएको छ । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेका छन् ।

समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।