१६ कार्तिक, २०८१ शुक्रबार

03:21:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्राइम कमर्सियल बैंकको सेयरधनीहरुलाई लाभांस लिन अनुरोध, नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

Nepal Business

२२ जेठ, २०७९

बैंकले हालसम्म पनि ५ वर्ष पुरानो लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

प्राइम कमर्सियल बैंकको सेयरधनीहरुलाई लाभांस लिन अनुरोध,  नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने

काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकले हालसम्म पनि ५ वर्ष पुरानो लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

बैंकले  सूचना प्रकाशन गर्दै कम्पनी ऐन, २०६३ को दफा १८२, १८३ तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन, २०७८ को ई.प्रा. निर्देशन नं. १६/०७८ को बुँदा नं.३(५) मा भएको व्यवस्था बमोजिम बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ वर्षसम्म पनि शेयरधनीले बुझी नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी दायित्व भएको हुँदा नगद लाभांश बुझी नलिनु भएका शेयरधनी महानुभावहरूले २०७९ साल असार मसान्तभित्र सिभिल क्यापिटल मार्केट लि. सुन्धारा काठमाडौमा आफ्नो सक्कल नागरिकता सहित सम्पर्क गरी नगद लाभांश पूर्जा बुझी लिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश बापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने वा दावी नभएको लाभांश खाता खोली रकमान्तर गरी राखिने बैंकले जनाएको छ ।