२० बैशाख, २०८१ बिहिबार

09:52:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुपन्देहीको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

Nepal Business

२२ जेठ, २०७९

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु

रूपन्देही । रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो । पाँचजनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।