१२ बैशाख, २०८१ बुधबार

03:11:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पूर्व प्रधानन्यायाधीशकी न्यायाधीश छोरीलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

Nepal Business

२४ असार, २०७९

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो ।

पूर्व प्रधानन्यायाधीशकी न्यायाधीश छोरीलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

काठमाडौँ,
न्याय परिषद्को आज शुक्रबार बसेको बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । 
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।

बैठकले रिक्त जिल्ला न्यायाधीश नियुक्तिका लागि सात दिने सूचना प्रकाशित गर्ने निर्णयसमेत गरेको छ । परिषद्को निर्णयअनुुसार आगामी सोमबार सूचना प्रकाशित हुनेछ ।