८ मंसिर, २०८१ शनिबार

01:49:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदाको दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

Nepal Business

७ जेठ, २०७९

गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भन्नुभयो, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।”

विदाको दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

कैलाली । कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । 

“कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विषेशले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भन्नुभयो, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।” 

प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताउनुभयो । प्रजि प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।”