१७ बैशाख, २०८१ सोमबार

06:17:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

द्वन्द्वकाबीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागेः संयुक्त राष्ट्रसंघ

Nepal Business

२१ जेठ, २०७९

१ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ ।

द्वन्द्वकाबीच १ करोड ४० लाख युक्रेनीहरू घर छोडेर भागेः संयुक्त राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघले रुस–युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ ।  सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार सो आकँडा सार्वजनिक गरेको हो । 

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन्।

द्वन्द्वले  १ करोड  ५७ लाख युक्रेनीहरूलाई मानवीय सहयोगको खाँचो परेको छ जसमध्ये केही पानी र बिजुलीको पहुँचको  समेत अभावमा छन् ।

गत फेब्रुअरी २४ मा द्वन्द्व शुरु भएदेखि संयुक्त राष्ट्रसंघले देशको पूर्वमा घेरा हालेका शहरहरू सहित युक्रेनभरि लगभग ८ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता उपलब्ध गराएको  संयुक्त राष्ट्रका अधिकारीले  बताएका छन् ।

संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सङ्कट जाडो याममा अझ चर्किने चेतावनी दिएको छ ।