२ जेठ, २०८१ बुधबार

05:39:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १६ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त

Nepal Business

२१ जेठ, २०७९

सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ ।

थप १६ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त
काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । यस अवधिमा संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ९ रहेको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण देखिएको हो । 
 
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ । हालसम्म निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 
यस अवधिमा सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.१ प्रतिशत छ ।
 
 नेपालमा प्रतिदश लाखमा ३९३.४ को निधन भएको छ । आजैमात्र एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।