२० बैशाख, २०८१ बिहिबार

04:17:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्खरै चलायमान भएको आर्थिक क्षेत्रमा ओमिक्रोन बाधक बनेर आउँदै हो ?

१९ पुस, २०७८

भर्खरै चलायमान भएको आर्थिक क्षेत्रमा ओमिक्रोन बाधक बनेर आउँदै हो ?

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, १९ पुस । भारतमा महामारी फैलिएपछि नै नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहर भित्रिएको थियो । अहिले ओमिक्रोनको लहर (तेस्रो लहर) पनि भारतमा अत्याधिक मात्रामा फैलिरहेकाले स्वास्थ्यविज्ञले नेपालमा पनि फैलने खतरा औँल्याएका छन् ।

जनजीवनका साथै आर्थिक क्षेत्र विस्तारै चलायमान भइरहँदा ओमिक्रोनको त्रासले पुनः मुलुकभर नै फेरि उस्तै ठप्प हुने त होइन भन्ने शंका उब्जाएको छ ।

स्वास्थ्य मन्त्रालयले त सूचना नै जारी गरी थप सतर्कता अपनाउन भनिसकेको छ । जनजीवनका साथै आर्थिक क्षेत्र विस्तारै चलायमान भइरहँदा ओमिक्रोनको त्रासले पुनः मुलुकभर नै फेरि उस्तै ठप्प हुने त होइन भन्ने शंका उब्जाएको छ । 
दिल्लीमा हालै गरिएको एक परीक्षणमा ८४ प्रतिशतमा ओमिक्रोन देखिएको छ ।

नेपाल-भारतको खुला सीमाका कारण धेरै मजदुर भारतमा काम गर्न गएका छन् । भारतका कतिपय ठाउँहरु बन्द गरिएको पनि छ । अब त्यहाँबाट नेपाल भित्रिने मानिस खुला सीमानाका कारण सजिलै आउने हुँदा जोखिम बढेको छ । सर्वसाधारण तथा स्वास्थ्य अधिकारीहरुले भने सीमा क्षेत्रमा विशेष ध्यान दिन आग्रह गरेको छ ।