१ जेठ, २०८१ मंगलबार

04:15:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हालसम्म कोरोना व्यवस्थापन तथा रोकथाममा २८ अर्ब खर्च, कतिले पाए उपचार ?

Nepal Business

१९ जेठ, २०७९

आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म २८ अर्ब ५९ करोड २५ लाख ४२ हजार खर्च भएको छ।

हालसम्म कोरोना व्यवस्थापन तथा रोकथाममा २८ अर्ब खर्च,  कतिले पाए उपचार ?

काठमाण्डौं । सरकारले कोरोना व्यवस्थापन तथा रोकथाममा २८ अर्ब ६० करोड खर्च गरेको छ। आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म २८ अर्ब ५९ करोड २५ लाख ४२ हजार खर्च भएको छ। 

कोभिड–१९ महामारी व्यवस्थापनको लागि आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ९५ लाख ७ हजार, आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ७३ करोड १७ लाख ७३ हजार, आर्थिक वर्ष २०७८/७९ मा फागुनसम्म १५ अर्ब ६८ करोड १२ लाख ६२ हजार रुपैंया खर्च भएको छ।

कोभिड–१९ बाट संक्रमित व्यक्तिको परीक्षण, उपचार तथा व्यवस्थापनको लागि २०७८  फागुनसम्म देशभर ८ हजार २ सय २ वटा आइसोलेशन बेड, ३ हजार ८ सय ४६ वटा हाई डिपेन्डेन्सी युनिट बेड, २ हजार ७ सय ९७ वटा आई.सि.यु.बेड, १ हजार ८ वटा भेन्टीलेटर, ६९३ वटा अक्सिजन कन्सनट्रेटर र ९८ वटा अक्सिजन प्लान्ट रहेको उल्लेख छ।

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार हाल कुल ९८ वटा अस्पतालहरूले कोभिड १९ केयर युनिट सञ्चालनमा रहेका छन्। आर्थिक वर्ष २०७७/७८ देखि प्राथमिकताको आधारमा देशभरि नै कोभिड–१९ विरूद्धको खोप लगाउन शुरू भएको थियो।

यसैगरी देशभर स्वास्थ्य संस्थाको संख्या ७ हजार ५ सय ९८ रहेका छन्। २०७८ असारसम्म १२५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, ३ हजार ८ सय ७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र २ हजार ९ सय ७१ आधारभूत स्वास्थ्य केन्द्र  गरी ७ हजार ५ सय ६६ स्वास्थ्य संस्थाहरू सञ्चालनमा थिए।