१४ बैशाख, २०८१ शुक्रबार

05:40:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

Nepal Business

१९ जेठ, २०७९

उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा. किरण शाक्यले गर्नुभएको हो ।

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । 

यसै जेठ १८ गते त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा. किरण शाक्यले गर्नुभएको हो । 

चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।