२० बैशाख, २०८१ बिहिबार

02:24:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बागमती प्रदेश प्रविधियुक्त बन्नेः मन्त्री पाण्डे

Nepal Business

१८ जेठ, २०७९

बागमती प्रदेश प्रविधियुक्त बन्नेः मन्त्री पाण्डे

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गर्ने अभियानमा लागेको बताउनुभएको छ । 

हेटौँडामा बुधबार आयोजित डिजिटल बागमती विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताउनुभयो ।

अबका बजेटमा पनि डिजिटल बागमतीको विषय समावेश हुन्छ, डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ, त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ, उहाँले भन्नुभयो । 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताउनुभयो ।

उहाँले प्रविधिको चाहनाबिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।