२४ बैशाख, २०८१ सोमबार

09:40:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्यान इन्फोटेक मेला सुरु , निजी क्षेत्रलाई अनुकूल हुनेगरी प्रविधिमैत्री नीति बनाउन्छौँः मन्त्री कार्की (भिडियोसहित)

७ बैशाख, २०७९

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना गरिएको

क्यान इन्फोटेक मेला सुरु , निजी क्षेत्रलाई अनुकूल हुनेगरी प्रविधिमैत्री नीति बनाउन्छौँः मन्त्री कार्की (भिडियोसहित)

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निजी क्षेत्रलाई अनुकूल हुनेगरी प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता जनाउनुभएको छ । 

सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औं संस्करण बुधबारबाट उद्घाट गर्दै मन्त्री कार्कीले  सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको र आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुने बताउनु भएको हो । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना गरिएको आयोजकले जनाएको छ ।

क्यान इन्फोटेक आगामी छ दिनसम्म चल्नेछ । क्यान इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्टम्यानेजमेण्ट, ई–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर राखिएको छ ।