१७ बैशाख, २०८१ सोमबार

06:09:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युक्रेनबाट खाद्यान्नको निर्यातका लागि युरोपियन कमिसनले सहयोग गर्ने

Nepal Business

१८ जेठ, २०७९

युक्रेनमा मानवीय सहायतास्वरुप विभिन्न देशले उपलब्ध गराएको खाद्यान्न आयात गर्न र त्यहाँ रहेका कतिपय खाद्यान्नहरु निर्यात गर्न पाउनुपर्ने गरी वातावरण मिलाउनुपर्ने माग यसअघि उठ्दै आएको

 युक्रेनबाट खाद्यान्नको निर्यातका लागि युरोपियन कमिसनले सहयोग गर्ने

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने भएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यात गर्ने वातावरणका लागि सहयोग गर्ने बताउनुभएको हो । 

युक्रेनमा मानवीय सहायतास्वरुप विभिन्न देशले उपलब्ध गराएको खाद्यान्न आयात गर्न र त्यहाँ रहेका कतिपय खाद्यान्नहरु निर्यात गर्न पाउनुपर्ने गरी वातावरण मिलाउनुपर्ने माग यसअघि उठ्दै आएको थियो । 

यसै महिनाको सुरुवातमा युरोपियन कमिसनका अधिकारीहरुले युक्रेनले आवश्यक मात्रामा खाद्यान्न निर्यात र आयात गर्न पाउनुपर्ने भन्दै त्यसका लागि वातावरण बनाउन विदेशी समुदायसँग आग्रह गरेको थियो ।

युक्रेनमा रुसले गरेको हमलामा परी ठूलो जनधनको क्षति पुगेको छ । अहिले पनि युक्रेनका कतिपय स्थानमा रुसी सैन्य हमला जारी रहेको छ । यस द्धन्द्धका कारण नागरिकमा खाद्यान्न लगायतका मानवीय सहायताका सामग्रीहरुको खाँचो रहेको छ ।