१ असोज, २०८१ मंगलबार

02:07:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निजामती अस्पताल ‘रिफर अस्पताल’ बन्दै

Nepal Business

१७ जेठ, २०७९

अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ ।

निजामती अस्पताल ‘रिफर अस्पताल’ बन्दै

शरद् शर्मा    
काठमाडौँ, निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिनुभयो ।     

अस्पतालले मंगलबार पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिनुभयो ।     
     
अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ ।

उहाँका अनुसार प्रदेश तहमा रहेका सङ्घ र प्रदेश सरकार अस्पतालसँग सम्झौता गर्ने र निजामती कर्मचारी अस्पतालको जस्तै विशिष्टकृत सेवा उपलब्ध गराउने छ ।     
     
 उहाँले अस्पतालले सातवटै प्रदेश तहमा नै निजामती कर्मचारी र सर्वसाधारणलाई उपचारको व्यवस्था गर्ने र त्यहाँ उपचार हुन नसकेका बिरामीको उपचार मात्र निजामती अस्पतालमा गर्ने बताउनुभयो । 

“काठमाडौँ आउनुनपर्ने गरी हामीले प्रदेश तहमा रहेका अस्पतालमा नै यहाँ हुने स्वास्थ्य सेवा उपलब्ध गराउने तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयो, “समायोजन भएर गएका कर्मचारी पनि प्रदेश तह र स्थानीय तहमा यहाँकै जस्तो उपचार पाएर खुसी हुने छन् ।

त्यहाँ उपचार हुन नसकेका बिरामीलाई मात्र निजामती अस्पतालमा उपचार गरिने छ ।”     
     
 प्रदेश तहकै अस्पतालले निजामति कर्मचारी अस्पतालजस्तो सेवा सुविधा उपलब्ध गराउने भएपछि कर्मचारी र सर्वसाधारणलाई काठमाडौँ आउन झन्झट हट्ने उहाँको भनाइ छ । 

क्यान्सर, मिर्गौलाजस्ता अतिविशिष्टकृत सेवा भने निजामती अस्पतालले उपलब्ध गराउने छ । अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाले यसै वर्षदेखि सात प्रदेशमा रहेका सुविधायुक्त अस्पतालसंँग सम्झौता गरेर सेवा दिने तयारी गरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालले कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशसँग छलफल अगाडि बढाइसकेको छ

 प्रदेशस्तर निजामती कर्मचारी उपचार कार्यविधि ल्याएर अस्पतालले सातै प्रदेशका अस्पतालसंँगको समन्वयमा कर्मचारीको उपचार गर्नेछ । 

निर्देशक डा पौडेलले अस्पतालमा आएका बिरामी कुनै पनि विशिष्टीकृत स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर विशेषज्ञ अस्पताल बनाउन थालिएको बताउनुभयो । उहाँले अस्पताल आएका बिरामीलाई सिधै विशिष्टकृत चिकित्सकले स्वास्थ्योपचार गर्ने गरेको बताउनुभयो ।