२१ बैशाख, २०८१ शुक्रबार

08:10:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जावा–४२ नयाँ स्पोर्ट्स स्ट्राइप सेग्मेन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

Nepal Business

१७ जेठ, २०७९

सो बाइकको मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको

जावा–४२ नयाँ स्पोर्ट्स स्ट्राइप सेग्मेन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

काठमाण्डौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक अग्नि मोटोइंकले जावा–४२ नयाँ स्पोर्ट्स स्ट्राइप सेग्मेन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

सो बाइकको मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको हो । जावा–४२ स्पोर्ट्स स्ट्राइपको चर्चित गायक सुशान्त केसीले कम्पनीको शोरुम उत्तरढोकामा बुकिङ गरिएका बाइकहरु वितरण गरी सार्वजनिक गर्नुभएको हो ।

यो बाइक अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध छ। यो बाइकलाई स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिएको छ । उहाँका अनुसार अनुसार १३–स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।

यो बाइकमा नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनःइन्जिनियरिङ गरिएको छ। साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ।

स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये २९३ सीसीबीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क उत्पादनको क्षमता राख्छ।

यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्छ।