२१ चैत, २०८१ बिहिबार
04:11:38 AM
१५ जेठ, २०७९
दुवै मुलुकबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ ।
एएनआई । भारत र पाकिस्तानबीच जलस्रोतको विषयलाई लिएर वार्ता हुने भएको छ । दुवै मुलुकबीच सिन्धु जलस्रोत स्थायी आयोगको ११८ औँ वार्ता सोमबार नयाँदिल्लीमा हुने भएको छ । वार्ता जलविद्युत् आयोजना र पानीको समस्या बारेमा केन्द्रित हुनेछ ।
प्रधानमन्त्री शेहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल सोमबार नयाँदिल्ली पुग्ने तथा दुवै पक्षले सिन्धु जल सन्धिका प्रमुख परियोजनामा छलफल गर्नेछन् ।
दुवै पक्षले बाढीको अग्रिम सूचना र सिन्धु जलस्रोत स्थायी आयोगको वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछन् ।
यसैगरी सिन्धु जल सन्धिको धारा ९ अन्तर्गत १ हजार मेगावाटको पाकल दुल, ४८ मेगावाटको तल्लो कालनाई र ६२४ मेगावाटको किरु आयोजना निर्माणबारे विचारविमर्श गर्ने अपेक्षा गरिएको छ ।
पाकिस्तानी प्रतिनिधिमण्डल वाघा नाका हुँदै नयाँदिल्ली पुग्ने सोमबार र मङ्गबार भारतीय अधिकारीहरूसँग बैठक सकेर बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । पाकिस्तानी आयुक्त सैयद मेहर अली शाहको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार भारत प्रस्थान गर्नेछ ।