१५ बैशाख, २०८१ शनिबार

12:08:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारु हालसम्मकै कमजोर, अमेरिकी मुद्रास्फीति दोषी हुन सक्ने आशंका

Nepal Business

१ असार, २०७९

भारतीय रुपैयाँमा बढ्दो तेल मूल्यको प्रभाव पनि देखिएको छ ।

 भारु हालसम्मकै कमजोर,  अमेरिकी मुद्रास्फीति दोषी हुन सक्ने आशंका

भारत । हाल भारतीय रुपैयाँ हालसम्मकै सस्तो भएको छ । सोमबार भारु डलरसँग निकै कमजोर देखिएको हो । अमेरिकामा ब्याजदर बढ्ने भएसँगै भारतीय रुपैयाँ थप कमजोर बनेको बताइएको छ ।

यसअनुसार प्रतिडलरको तुलनामा भारु ७८.२८२५ पुगेको हो । यो पहिलोपटक हो । अमेरिकामा महंगी बढेसँगै त्यसविरुद्ध ब्याजदर बढाउने तयारी हुँदा त्यसको असर विभिन्न देशका मुद्रामाथि परेको बताइएको छ ।

यसबाहेक भारतीय रुपैयाँमा बढ्दो तेल मूल्यको प्रभाव पनि देखिएको छ ।

गत महिना रिजर्भ बैंक अफ इन्डियाले ५० आधारविन्दुमा सापटी लागत बढाएको थियो । गत हप्ता पनि दोस्रो पटक यो कदम चालेको थियो । यसअघि आरबीआईले मे महिनामा ०.४ प्रतिशत आउट अफ साइकल घोषणा गरेको थियो ।