८ बैशाख, २०८१ शनिबार

12:43:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतको आसाममा बाढीपहिरोमा परी ६२ जनाको मृत्यु, लाखौ प्रभावित

Nepal Business

६ असार, २०७९

प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ ।

भारतको आसाममा बाढीपहिरोमा परी ६२ जनाको मृत्यु, लाखौ प्रभावित
भारत । अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । लगातार बर्षाका कारण ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
 
आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्ने आशंका गरिएको छ । बाढीमा परी ८ जना हराइरहेका छन् ।
 
बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
 
पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले पाँचसय १४ राहत शिविर एवम् ३ सय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ । हाल १ लाख ५६ हजार तीनसय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ ।
 
राज्यका ४ हजार २ सय ९१ गाउँ बाढीको चपेटामा परेको छ भने ६६ हजार खेतीयोग्य जमिन जलमग्न भएको छ । बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन् ।