१३ मंसिर, २०८१ बिहिबार
06:34:10 AM
१५ जेठ, २०७९
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने देखिएको छ ।
काठमाण्डौ । यस वर्ष मुलुकको कूल ग्रार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ भएको छ । यो देशको अर्थतन्त्रको आकार हो । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने देखिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार यस यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्न लागेको हो ।
गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको छ ।
जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।