७ बैशाख, २०८१ शुक्रबार

03:39:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फेन्काको आयोजनामा अष्ट्रेलियामा मनाईयो अन्तराष्ट्रिय एभरेष्ट डे

Nepal Business

१५ जेठ, २०७९

नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउनुभयो ।

फेन्काको आयोजनामा अष्ट्रेलियामा मनाईयो अन्तराष्ट्रिय एभरेष्ट डे

मुक्तिराम पोखरेल, सिड्नी । अष्ट्रेलियामा रहेका सामाजिक संघसंस्थाहरुको साझा संस्थाका रुपमा रहेको फेडेरेशन अफ नेप्लिज कम्युनिटी एसोसियसन अफ अष्ट्रेलिया फेन्काले एक विशेष कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय एभरेष्ट डे मनाएको छ । 

हिमाल संरक्षण गरौं भन्ने नाराका साथ  सिड्नीको Five Dock मा अष्ट्रेलियाको स्थानिय समय अनुसार विहानको ८ बजे देखी नेपाली कला संस्कृति झल्कने विविध कार्यक्रम गरी ५ मिलोमिटर मार्चपास गरिएको छ । यो कार्यक्रम अष्ट्रेलियाका ८ वटै राज्यमा एकसाथ आयोजना गरिएको फेन्काले जनाएको छ । 

कार्यक्रममा फेन्काको साउथ वेल्स कोडिनेटर विष्णु हमालले मार्च पासमा सहभागि सबैलाई धन्यवाद दिँदै कार्यक्रमको उद्धेश्य र महत्वमाथी प्रकास पर्नुभएको थियो । यसैगरी फेन्काका महासचिव डा. मधुसुधन पुडासैनीले कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

मार्चपासमा नेपाली कला, संस्कृति झल्कने विभिन्न भेषभूषा सहित नेपाललाई चिनाउने विविधतायुक्त प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा न्यू साउथ वेल्स सिड्नीका कन्सुलर दिपक खड्काले यो कार्यक्रमले नेपालको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको भन्दै यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा गैर आवसीय नेपाल संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, बरिष्ठ समाजसेवी इन्दीरा वन, नारायण खड्का, प्यारामाटाका डेपुटी मेयर समिर पाण्डे र अष्ट्रेलियामा सक्रिय विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताउनुभयो । 

उहाँहरुले नेपाली समुदायले अष्ट्रेलियामा रहेर पनि नेपालको पयर्टन, कला, संस्कृति जर्गेना गर्ने र प्रचार प्रसार गर्ने कार्य गर्दै आएको समेत बताउनुभयो ।