१६ चैत, २०८० शुक्रबार

02:21:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अष्ट्रेलियामा लेबर पार्टीका एन्थोनी नयाँ प्रधानमन्त्रीमा निर्वाचित

Nepal Business

९ जेठ, २०७९

मतपरिणाम अनुसार लेबर पार्टीको जितसँगै उहाँ प्रधानमन्त्रिमा निर्वाचित हुनुभएको हो ।

अष्ट्रेलियामा लेबर पार्टीका एन्थोनी नयाँ प्रधानमन्त्रीमा निर्वाचित

मुक्तिराम पोखरेल, सिड्नी अष्ट्रेलिया । अष्ट्रेलियाको प्रधानमन्त्रीमा लेबर पार्टीका एन्थोनी एल्बानिज निर्वाचित हुनुभएको छ ।

शनिबार भएको चुनावको मतपरिणाम अनुसार लेबर पार्टीको जितसँगै उहाँ प्रधानमन्त्रिमा निर्वाचित हुनुभएको हो । 

एल्बानिजले ७६ सिटमध्ये ७४ मा विजयी हात पार्दै लिबरल पार्टीका प्रधानमन्त्री स्कट मोरिसनलाई पराजित गर्दै प्रधानमन्त्री बन्नुभएको हो । 

अब एल्बानिजले चुनाव जितेसंगै ३ वर्ष अष्ट्रेलिया सरकारको नेतृत्व गर्ने जनाइएको छ । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उहाँले अष्ट्रेलियालाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

त्यस्तै मतदाताहरुलाई धन्यवाद दिँदै हरेक दिन मतदाताको सेवामा खटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । एल्बानिज अष्ट्रेलियाको ३१ औं प्रधानमन्त्री हुनुहुन्छ ।