१५ बैशाख, २०८१ शनिबार

05:15:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अष्ट्रेलियन आमा छोरीको सगरमाथा आरोहण र नेपाल यात्रा

Nepal Business

४ जेठ, २०७९

नेपालको आतिथ्यता, वातावरण र हावापानीले आफुलाई स्फुर्ती मिलेको समेत ग्याबीले प्रतिक्रिया दिनुभएको छ ।

अष्ट्रेलियन आमा छोरीको सगरमाथा आरोहण र नेपाल यात्रा

सिड्नि अष्ट्रेलिया, मुक्तिराम पोखरेल । अष्ट्रेलियाको मेलबर्नमा स्थायी बसोवास गर्ने ग्याबी कानी र उहाँको आमा जेन क्यानिजे मे १६ तारिखका दिन सगरमाथाको चुचुरोमा पुग्नुभयो ।

अष्ट्रेलियाको विलासी जीवनबाट नेपाल आउने र सगरमाथाको चुचुरोसम्म पुग्ने अठोटले उहाँहरुलाई सफल समेत बनाएको छ । 

विश्वव्यापी कोरोना भाईरस कोभिडा १९ का कारण २ वर्ष पहिलेनै सगरमाथा आरोहणको योजना पुरा हुन नसकेको उहाँहरुको अन्तत मे १६ तारिखका दिन विश्वको सर्वोच्च शिखर पुग्न सफल हुनुभयो ।

अष्ट्रेलियाको मेलवर्नमा बनेको योजना पुरा गर्दै नेपालको बसाईका बारे ग्याबीले आफुलाई जीवनको सबैभन्दा उत्कृष्ट समय नेपालमा विताएको प्रतिक्रिया दिनुभएको छ । 

१९ वर्षको उमेरमा सगरमाथा आरोहण गर्नुभएकी ग्याबीले नेपालकै अर्को अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुग्ने घोषणा पनि बनाईसकेको प्रतिक्रिया दिनुभएको छ । ग्याबीले यसअघि सन् २०१६ मा सगरमाथा चढ्ने कान्छी अष्ट्रेलियन एलिसा अजरको रेकर्ड समेत तोड्नुभएको छ । एलिसा चुचुरोमा पुग्ने बेला ग्याबीभन्दा केही महिना मात्रै जेठी हुनुहुन्थ्यो । 

नेपालको आतिथ्यता, वातावरण र हावापानीले आफुलाई स्फुर्ती मिलेको समेत ग्याबीले प्रतिक्रिया दिनुभएको छ । 

अष्ट्रेलियामा सुखसयलमा बसेभन्दा सयौं गुणा बढि अप्ठ्यारो हिमालचढ्दा भएपनि आफ्नो मनदेखीनै आफुले सगरमाथा आरोणको अठोट गरेका कारण त्यसलाई सहजरुपमा लिएको बताउनुभएको छ ।

नेपालको पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै उहाँले आफुलेपनि नेपालको पर्यटन र प्रचार प्रसारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।