१ असोज, २०८१ मंगलबार

01:56:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मङ्कीपक्सबाट नेपाल पनि जोखिममा, सचेत रहन आग्रह

Nepal Business

१३ जेठ, २०७९

भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने

मङ्कीपक्सबाट नेपाल पनि जोखिममा, सचेत रहन आग्रह

काठमाडौँ,
विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताउनुभयो ।

उहाँले नेपालमा सङ्क्रमण नदेखिए पनि  सचेत हुनुपर्ने बताउनुभयो । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । 

सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्र्पकमा आउँदा तिनीका ¥याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । 

यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्दछ । बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ । 

ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु,  डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ । 

यस्तै टाउको, ढाड र मासपेशीदुख्नु, शरिरका ग्रन्धि बढ्नु, लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्दछ । 
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ ।