१ असोज, २०८१ मंगलबार

01:58:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना संक्रमण मुक्त

Nepal Business

१३ जेठ, २०७९

थप १२ जनामा कोरोना संक्रमण पुष्टि,  १३ जना संक्रमण मुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ जना निको भएर घर फर्केका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३,३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

२,२३८ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र १,१४९ जनाको एन्टिजेटन परीक्षण गर्दा ४ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

हाल मुलुकभर १२४ जना सक्रिय संक्रमित रहेका छन् ।