१६ बैशाख, २०८१ आइतबार

11:32:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नीजि प्रयोजनका सवारी साधनको एलसीलाई निरन्तरता दिन नाडाको आग्रह

Nepal Business

१३ जेठ, २०७९

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश

नीजि प्रयोजनका सवारी साधनको एलसीलाई निरन्तरता दिन नाडाको आग्रह

काठमाण्डौं । नीजि प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र (एलसी ) खोल्ने कार्यलाई निरन्तरता दिन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारसँग आग्रह गरेको छ । 

नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै ‘ वर्तमान परिदृश्यमा नाडा दृष्टिकोण– यात्रु अटोमोबाइलहरूको लागि आयातमा प्रतिबन्ध’ सार्वजनिक गरेको छ ।

१ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको यस क्षेत्रले हरेक वर्ष १ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी राजश्वमा योगदान पु¥याउदै नाडाले जनाएको छ । 

नडाका अनुसार देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो असार मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ । 

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ ।