२० बैशाख, २०८१ बिहिबार

02:55:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

९० प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोप

१८ पुस, २०७८

स्वास्थ्य कार्यालयको सहकार्यमा सातै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हो ।

९० प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोप


काठमाण्डौं, पुस १८
उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतशित बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हो ।  
विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतशित बालबालिकाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिनुभयो । सो उमेर समूहका ५  हजार ४ सय ९७ बालबालिकालाई  ६१ खोपकेन्द्र मार्फत खोप लगाइएको छ ।
ती मध्ये सिमिकोटका १ हजार ४ सय १४, नाम्खाका ३ सय ३१, खार्पुनाथका ६ सय ३, अदानचुलीका  १ हजार १ सय ७७ ,  ताँजकोटका ५ सय ६७, चङ्खेलीमा ५ सय ७६ र सर्केगाड गाउँपालिका ८ सय २७ रहेका छन् ।   
उत्तरी नाम्खा गाउँपालिका–६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका छन् । यस क्षेत्रमा अत्यधिक चिसोका साथै बाक्लोव हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्‍याउन कठिनाइ हुने जनाइएको छ । 
दक्षिण क्षेत्रमा रहेको चङ्खेली गाउँपालिका–१ र ५ मा रहेको नेक्पागाउँका बालबालिका खोप लगाउनबाट छुटेकालाई एक÷दुई दिनमा खोप लगाउने अभियान सञ्चालन गरिनेछ  ।  जिल्लामा ६ हजार ३सय ७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो । ५  हजार बढी बालबालिकालाई खोप लगाएर अब २ सय २९ डोज बाँकी रहेको स्वास्थ्य कार्यालयले जानकारी दिइएको छ । 
जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका  ९ हजार ९ सय ४० बालबालिकालाई खोप लगाउने लक्ष्य थियो । 
पहिलो चरणमा यही पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा खोप लगाउनुपर्ने हुन्छ । जिल्लाभर विद्यालयमा अध्ययरत  उमेर समूहका बालबालिकाको सङ्ख्या ६ हजार ६७ रहेको जनाइएको छ ।