२० बैशाख, २०८१ बिहिबार

09:53:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाण्डौ प्रमुखमा बालेन विजयी, सबैको सहकार्यबाट नमुना महानागर बनाउने प्रतिवद्धता

Nepal Business

१३ जेठ, २०७९

यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

काठमाण्डौ प्रमुखमा बालेन विजयी, सबैको सहकार्यबाट नमुना महानागर बनाउने प्रतिवद्धता

काठमाण्डौ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै शाहले आफूले निर्वाचनको परिणामलाई गहन र नविन जिम्मेवारीका रूपमा लिएको बताउनुभयो । 

‘आज यो विजयी लाई हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। उहाँले भन्नुभयो यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

उहाँले हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं भन्नुभयो।’

नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित हुनुभएको हो । 

बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याउनुभएको छ । 

यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी हुनुभउको छ । 
उहाँले ६८ हजार ६१२ मत पाएकी छन्।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गर्नुभयो ।