१५ बैशाख, २०८१ शनिबार

11:09:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेयरमा बालेनको दोब्बर अग्रता, उपमेयरमा सुनिताको ३ गुणाभन्दा बढि मत

Nepal Business

४ जेठ, २०७९

मेयरमा बालेनको दोब्बर अग्रता, उपमेयरमा सुनिताको ३ गुणाभन्दा बढि मत

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मत परिणाम आउनेक्रम जारी छ । यसैक्रममा मेयरमा अन्तिमपटक जारी गरिएको मत परिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १६ हजार ३ सय ९६ मत सहित आफ्नो अग्रतालाई दोब्बर बनाउनुभएको छ ।

यसैगरी उहाँलाई पछ्याई रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ५ सय ३० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी गठबन्धनबाट उम्मेदवार बन्नुभएकी सृजना सिंहले ७ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ । 

काठमाण्डौ महानागर पालिकाको उप मेयरमा नेकपा एमालेकी सुनिता डंगोलले १६ हजार ९२ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्धन्दीले जम्मा ५ हजार १ सय ६७ मत प्राप्त गर्नुभएको छ । 
अहिले काठमाण्डौ महानगरको ४,६,७,२९,३०,३१ र ३२ वडाको मतगणना भईरहेको छ ।