१ असोज, २०८१ मंगलबार

02:08:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोभिड–१९ विरुद्धको खोप दिदै काठमाण्डौं महानगरपालिका, कसले पाउँदै ?

Nepal Business

१२ जेठ, २०७९

सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।

कोभिड–१९ विरुद्धको खोप दिदै काठमाण्डौं महानगरपालिका, कसले पाउँदै ?

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ ।

महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइनेछ ।

पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोडर्ना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोडर्ना वा फाइजर खोप दिन सकिने महानगरले जनाएको छ ।

दोस्रो डोज र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।