२१ बैशाख, २०८१ शुक्रबार

03:17:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

१२ जेठ, २०७९

गत महिना, विश्व बैंकले यस वर्षको लागि आफ्नो विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण ३ दशमलब २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौँ । विश्व बैंकले विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ । युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकले चेतावनी दिएको हो । बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा बोल्दै विश्व बैंकका प्रमुख डेभिड मालपासले उक्त चेतावनी दिनुभएको हो ।

 ‘विश्वव्यापी जीडीपीलाई हेर्दा हामी कसरी मन्दीबाट बच्न सक्छौं भनेर हेर्न गाह्रो छ, ‘उर्जा मूल्य दोब्बर गर्ने विचार आफैंमा मन्दी निम्त्याउन पर्याप्त छ’,उहाँले भन्नुभयो । गत महिना, विश्व बैंकले यस वर्षको लागि आफ्नो विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपण ३ दशमलब २ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।