२१ बैशाख, २०८१ शुक्रबार

03:56:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता

Nepal Business

११ जेठ, २०७९

समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता

 

एजेन्सी । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।भूमध्यसागरमा सो डुङगा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका हुन् । 

ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो  ।  

तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताउनु भएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको  छैन् ।