२४ बैशाख, २०८१ सोमबार

09:31:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'मलको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउँछौँ’

Nepal Business

१७ पुस, २०७८

'मलको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउँछौँ’

वाग्मती , १७ पुस । बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले विद्यमान मलको समस्या समाधान गर्न प्रदेश सरकार अल्पकालीन र दीर्घकालीन योजना बनाउने बताउनुभएको छ ।

मलको समस्यालाई एकदेखि दुई हप्ताभित्रमा समाधान गर्ने 

नेकपा (एकीकृत समाजवादी)का पनौती नगर कमिटीले  आयोजना गरेको युवा भेलामा उहाँले मलको समस्यालाई एकदेखि दुई हप्ताभित्रमा समाधान गर्ने बताउनुभयो ।

उहाँले बीउबिजनको गुणस्तर मापनका विषयमा देखिएका समस्या सम्बन्धित कार्यालयमार्फत आधिकारिकरूपमा समाधान गर्न योजना बढाइसकेको बताउनुभयो ।

त्यससँगै कृषि र पशुलाई जोडेर स्वास्थ्य केन्द्र स्थापना गरेर यही वर्षदेखि काम थालनी गर्ने उहाँको भनाइ छ । उहाँले बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सञ्चालन गरेर के–के काम गर्न सकिन्छ भनेर ५१ बुँदे मार्गचित्र तयार गरेर काम अगाडि बढाएको उहाँले बताउनुभयो ।