८ मंसिर, २०८१ शनिबार

12:53:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भोली जेठ १२ गतेदेखि हिमालयन र इन्भेष्टमेन्ट बैंक लिमिटेडको कारोबार खुल्ने

Nepal Business

११ जेठ, २०७९

भोलि (जेठ १२ गते, बिहीबार) देखि दोश्रो बजारमा दुवै बैंकको कारोबार खुल्ने भएको हो ।

भोली जेठ १२ गतेदेखि हिमालयन र इन्भेष्टमेन्ट बैंक लिमिटेडको कारोबार खुल्ने

काठमाण्डौं । हालसम्म रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको कारोबार खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले संस्थापकसहित बैंकका आधारभुत सेयरको मात्रै सेयर कारोबार रोक्का राख्न निर्देशन दिएको  छ ।

यो सँगै भोलि (जेठ १२ गते, बिहीबार) देखि दोश्रो बजारमा दुवै बैंकको कारोबार खुल्ने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने–गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरिएको थियो ।

पछिल्लो सयम यी २ बैंकको मर्जर प्रक्रिया टुट्यो । तर पनि कारोबार भने खुल्ला गरिएको थिएन । हिमालयन बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरेको थियो । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरको प्रस्ताव अस्विकृत गरिएको थियो । 

मर्जर प्रकृया भाँडिएसँगै यी दुई बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताहरूले मर्जर टुटेर लामो समयसम्म कारोबार रोक्का हुँदा यसको प्रत्यक्ष घाटा लगानीकर्ताहरूलाई हुने भन्दै विभिन्न माध्यमबाट बारम्बार विरोध गर्दै आइरहेका थिए ।