३ जेठ, २०८१ बिहिबार

12:33:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जना संक्रमण मुक्त

Nepal Business

९ जेठ, २०७९

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ ।

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि,   १६ जना संक्रमण मुक्त

काठमाण्डौं ।  पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । 

यस अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो । दुई हजार २३३ जनाको पिसीआर विधिबाट र ५३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९९१ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ३१ हजार ३८८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । हाल होम आइसोलेशनमा १३३ सङ्क्रमित छन् ।