२२ बैशाख, २०८१ शनिबार

12:41:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राजस्व छली गरेको आरोपमा ५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

Nepal Business

९ जेठ, २०७९

विभागले उनीहरु विरुद्ध विगो सहित १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ राजस्व छली गरको आरोप लगाएको

राजस्व छली गरेको आरोपमा ५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाण्डौं । राजस्व अनुसन्धान विभागले पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व छली गरेको आरोपमा राजकिशोर सिंह कुशवाहा, पुस्करकुमार सिंह, भविचन महातो कोइरी, श्रीराम ठाकुर र जटाशैकर जैसवालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

विभागले उनीहरु विरुद्ध विगो सहित १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ राजस्व छली गरको आरोप लगाएको छ । विभागका अनुसार निरज ट्रेडसाएण्ड सलार्सा र राज ट्रेडसा कम्पनी मार्फत राजस्व छली गरेको देखिएको छ ।

भारतीय चिनी  अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रिेका वववरण २८ पटकसम्म सच्याई मालबस्तु राजस्व छल्ने मनासाय अनुसार विवरण विगारेको विभागको आरोप छ ।