१३ बैशाख, २०८१ बिहिबार

12:16:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटाइयो, आजै रातिदेखि लागु हुने

Nepal Business

११ असार, २०७९

घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ घटाइयो, आजै रातिदेखि लागु हुने

काठमाण्डौँ । सरकारले पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।

शनिबार दिउँसो अयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने बताउनु भएको हो । 

योसँगै अब पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ ।

यस्तै डिजेलको मूल्य १९२ रुपैयाँबाट २८ रुपैयाँ घटेर १६४ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।