२१ बैशाख, २०८१ शुक्रबार

01:21:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आर्थिक संकटमा फसेको श्रीलंकाको रेमिटेन्स आम्दानीमा पनि गिरावट

९ जेठ, २०७९

सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलंकाले पर्यटन क्षेत्रबाट ६ करोड २६ लाख ४० हजार डलर कमाएको छ ।

आर्थिक संकटमा फसेको श्रीलंकाको रेमिटेन्स आम्दानीमा पनि गिरावट

कोलम्बो । श्रीलंकाको रेमिटेन्स आयमा पनि भारी गिरावट आएको छ । गत अप्रिलमा विदेशमा रहेका श्रमिकको आयबाट प्राप्त हुने रेमिटेन्स अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको श्रीलंकाको केन्द्रीय बैंकले जनाएको छ ।

गत वर्षको यस अवधिको तुलनामा रकमका आधारमा २४ करोड ८९ लाख प्रतिशत भन्दा बढी रकममा गिरावट आएको केन्द्रीय बैंकद्वारा आइतबार सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
 
सन् २०२१ जनवरीदेखि अप्रिलसम्ममा श्रीलंकाले २.३८ अर्ब डलर प्राप्त गरेको थियो । यस वर्ष भने जम्मा १.०३ अर्ब डलरमा झरेको छ । यसैबीच, पर्यटन क्षेत्रबाट हुने कमाईमा पनि भारी ह्रास आएको छ ।

सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलंकाले पर्यटन क्षेत्रबाट ६ करोड २६ लाख ४० हजार डलर कमाएको छ । गत वर्ष सोही अवधिमा पर्यटन क्षेत्रबाट ३६ करोड डलर कमाई भएको थियो ।  
 
पर्यटन र रेमिटेन्स श्रीलंकाका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । दक्षिण एसियाली यस मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिटेन्स प्राप्त गरेको थियो ।

श्रीलंकाले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त सङ्ख्या १.९ मिलियनमा झरेको थियो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो संख्या थप घटेको थियो ।