१६ बैशाख, २०८१ आइतबार

04:06:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दलहरु सत्तामा पुग्ने खेलमा लागे, विकास र योजना भएन : गगन थापा

Nepal Business

८ जेठ, २०७९

लुकमा प्रशस्त सम्भावनाहरु छन, निजी क्षेत्र उत्पादन गर्न उत्साहित छ । सरकार नीति नियम बनाउँछ, उत्कृष्ठ बनेकोमा प्रचार प्रसार गर्छ तर कार्यन्वयनको पाटो एकदमै कमसशल छ ।

दलहरु सत्तामा पुग्ने खेलमा लागे, विकास र योजना भएन : गगन थापा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरु सत्तामा पुग्ने खेलमा लिप्त भएका कारण नेपालको समग्र विकास र समृद्धि हुन नसकेको बताउनुभएको छ । 

अर्थशास्त्री स्वर्णिक वाग्लेको अतृप्त अवसर पुस्तक लोकापर्ण तथा समसामयिक अर्थ–राजनीतिक विमर्श कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री थापाले नेपालमा प्रशस्त सम्भावना हुँदा हुँदै पनि राजनीतिक दलहरु सत्ता केन्द्रित हुँदा विकासले गति लिन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, मुलुकमा प्रशस्त सम्भावनाहरु छन, निजी क्षेत्र उत्पादन गर्न उत्साहित छ । सरकार नीति नियम बनाउँछ, उत्कृष्ठ बनेकोमा प्रचार प्रसार गर्छ तर कार्यन्वयनको पाटो एकदमै कमसशल छ । थापाले उत्पादन मूलक उद्योगहरु आफ्नो लयमा अगाडि बढ्न नसकेमा दुख व्यक्त गर्नुभयो । 

मुलुकलाई आर्थिक रुपमा समुन्नत बनाउँदै, आयात प्रतिस्थापन, रोजगारी र राजश्वमा बढोत्तरी ल्याउन नीजि क्षेत्रलाई सरकार सुविधा प्रदायक बन्नु पर्ने थापाको तर्क थियो । 

आगामी बजेटको नीति तथा कार्यक्रममा नेपाली कांग्रेसले उत्पादनका प्रमुख ७ क्षेत्रलाई पहिचान गरेको उहाँको दावी छ । बर्तमान सरकारले आयातलाई धेरै मात्रामा प्रतिस्थापन गर्न सक्नेगरी नीति तथा कार्यक्रम ल्याउन लागेको समेत उहाँले बताउनुभयो । 

टेक्सटाइल, फुटवेयर, कृषि र खाद्यान्न, वन पैदावर जडिवुटी र औषधी, निर्माण, हस्तकला जस्ता उत्पादनमा जोड दिदा अर्थतन्त्र समुन्नती तर्फ अगाडि बढने उहाँको धारणा थियो । 

राजनीतिक दलको कसरी सत्तामा मात्र पुग्ने भन्ने दाउपेचले राजनीति विकासको संवाहक बन्न सकेन, थापाले भन्नु भयो । सत्तामा पुगेपछि उन्नती र विकासका कार्यक्रमहरु बन्न सकेनन, सत्ता टिकाउने र टिकिरहने उपायमा मात्र खोज अनुसन्धान भए । सरकारमा पुगेपछि गरिने विकास र योजनाको तयारी शुन्य रहेको उहाँले बताउनु भयो ।

सरकारको एक अवधि वा ५ वर्षमा के के गर्ने ठोस कार्यक्रमको खाँचो रहेको उहाँको भानाई रहेको छ। कार्यक्रम बनेसँगै त्यसको स्रोत व्यवस्थापन, उपलब्धि, सीमा निर्धारण जस्ता विषयले स्थान नै पाउन सकेनन् । आयात निर्यातको हवाला फिजाइन्छ तर त्यसको वास्तविक तथ्याङकमै समस्या देखिएको उहाँले बताउनुभयो । 

राजनीतिक पार्टी सरकारमा जाँदा योजना तथा कार्यक्रम लिएर जानुपर्ने थापाको भनाई छ । त्यसको कार्यन्वयन र स्रोत व्यवस्थापन तथा त्यसले सृजना गर्ने रोजगारी र आर्थिक वृद्धिदर समेतलाई प्रक्षेपण गरिने नीति दलले प्रस्तुत गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।